भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पाटन दरबार क्षेत्रमा सवारी निषेध परीक्षण सुरु, ललितपुर महानगरको चरणबद्ध योजना लागू

पाटन दरबार क्षेत्रमा सवारी निषेध परीक्षण सुरु, ललितपुर महानगरको चरणबद्ध योजना लागू

ललितपुर, १४ मंसिर । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रसहितका महत्वपूर्ण सम्पदा क्षेत्रमा सवारी साधन प्रवेश निषेध गर्ने परीक्षण सुरु गरेको छ । सम्पदा संरक्षण र पदयात्रा सहज बनाउन सवारी आवागमन नियन्त्रण गर्न लागिएको नगरप्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

महानगरले सवारी निषेधलाई चरणबद्ध रूपमा लागू गर्दै पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थानदेखि स्वठ नारायण मन्दिरसम्म र स्वठ चोकदेखि क्यालखु चोकसम्म सवारी आवतजावत रोक्ने निर्णय गरेको छ । दोश्रो चरणमा तिछुगल्ली–मंगलबजार चोकदेखि चक्रवहिल चोकसम्म सवारी साधन निषेध गरिने छ ।

निर्धारित मितिमा यी क्षेत्रमा मंसिर १३, १७ र २० गते : दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म, मंसिर २४ र २७ गते बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सवारी साधन प्रवेश पूर्ण रूपमा निषेध हुनेछ ।

महानगरले यसलाई दीर्घकालीन योजना अन्तर्गत सम्पदा क्षेत्रलाई ‘फुटपाथ-मैत्री’ बनाउने प्रारम्भिक कदमको रूपमा लिएको छ ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.