भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

पतञ्जलीको सरफभित्र लागुऔषध कारोवार, ठुलो परिमाणमा बरामद

पतञ्जलीको सरफभित्र लागुऔषध कारोवार, ठुलो परिमाणमा बरामद

सिन्धुली । प्रहरीले ठुलो परिमाणमा लागु औषध बरामद गरेको छ । पतञ्जलीको सरफभित्र राखेर लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बरामद गरेको हो ।

विहिबार कमलामाई नगरपालिका ६ माझीटारबाट तीन हजार थान एम्पुल लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले कैलाश खबरलाई बताए ।

विपी राजमार्गको सडक छेउमा तीन ओटा बोरा र एउटा भिर्ने झोला विशेष सुचनाका आधारमा प्रहरीले चेकजाच गर्दा पतञ्जलीको सरसफ सहित डायजेपाम लेखिएको एकहजार एम्पुल, प्रोमेथाजिन इन्जेक्सन लेखिएको एक हजार एम्पुल र नोफिन लेखिएको एकहजार एम्पुल जम्मा तीन हजार एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

तीन बोरा र एक झोलामा पतञ्जली लेखेको सरसफ तथा डायरीमा केहि संकास्पद मोवाइलनम्बर समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले बताए । आवश्यक थालेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.