काठमाडौं, ११ असाेज । फुलचोकी रेन्बो ट्राउट माछा फर्मका सञ्चालक उपेन्द्र रन्जितकारले विजया दशमी तथा शुभ दिपावली २०८२ का अवसरमा आफ्ना ग्राहकहरूलाई शुभकामना व्यक्त गर्दै, पर्वका दिनहरूमा पनि व्यवसाय खुला रहने जानकारी दिएका छन्।
काभ्रेकाे पनाैती नगरपालिका वडा नं १ रयालेमा रहेकाे फूलचोकी ट्राउट फर्मका सञ्चालक रन्जितकारले भने, “यो दशैँ–तिहारमा पनि हाम्रो पसल बन्द हुने छैन। ग्राहकहरूले म्याप हेरेर आउन सक्नुहुन्छ वा हामीलाई ९८५१२१७५८३ मा सम्पर्क गरेर डेलिभरी सेवा लिन सक्नुहुन्छ।”
उनले थपे, “यदि ग्राहकहरू घरमै बसेर ट्राउट माछा खान चाहनुहुन्छ भने, पाँच किलो वा सो भन्दा बढी अर्डरमा फ्री होम डेलिभरी उपलब्ध छ। पाँच किलोभन्दा कम अर्डरमा १००–१५० रूपैयाँ शुल्क लिएर डेलिभरी गरिन्छ।”
ट्राउट माछा विशेषगरी काठमाडौं उपत्यकामा बढी माग भइरहेकाे र फुर्सद नभएका ग्राहकहरूका लागि होम डेलिभरीको सुविधा उपलब्ध रहेकाे जानकारी दिदै रिसोर्टहरूका लागि अर्डर अनुसार तुरुन्तै डेलिभरी गरिने व्यवस्था गरिएकाे जानकारी दिए ।
फर्ममा आउने ग्राहकहरूले ट्राउट माछासँगै लोकल कुखुरा, खाना–खाजा र सीजन अनुसारका स्थानीय तरकारीहरू पनि पाउने गरेकाे रन्जितकारले बताए । उनले भने, “हामी ग्राहकलाई मुख्यतः लोकल अर्गानिक खानेकुरा खुवाउँछौँ।”
रन्जितकारले भने “हाम्रो उद्देश्य यहाँ आन्तरिक पर्यटक भित्र्याएर स्थानिय विकासमा टेवा पुर्याउनु हो। पहिले यो ठाउँको चर्चा कम थियो, तर ट्राउट फर्मको कारणले अहिले धेरै ठाउँबाट मानिसहरू आउने गरेका छन्। व्यवसाय र पर्यटनको संयोजनले यहाँको विकासमा योगदान पुर्याइरहेको छ।”
