काठमाडौं । पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोलीलाई भव्य स्वागत गरिएको छ । स्वागत गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदको टोली बाजागाजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेको थियो ।
पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गराइएको थियो । राखेपमा उनलाई भव्य स्वागत गरिएको थियो । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।
एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् ।
यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष...
काठमाडौं, ८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालले साढे दुई अर्ब रुपैयाँ बराबरको सिमेन्ट र सिमेन्ट क्लिङ्कर भारतमा निर्यात गरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक...
कञ्चनपुर । कञ्चनपुर–कैलालीमा सारस चराको सङ्ख्या बर्सेनी घट्दो क्रममा रहेको छ। सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ। सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान...
म्याग्दी । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ...