भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै

अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै

मुख्य बुँदा

व्यास र ऋषिङ जोड्ने सेती नदीमाथिको पुल निर्माण तीव्र

लामो समयदेखि अलपत्र रहेको परियोजना पुनः सक्रिय

हालसम्म करिब ८५ प्रतिशत काम सम्पन्न भएको दाबी

२०७७ मा सुरु भएको परियोजना पटक–पटक म्याद थप

स्थानीय आवतजावत सहज हुने अपेक्षा

तनहुँ, ११ जेठ । लामो समयदेखि अलपत्र भएको तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथिको निर्माणाधीन पुलको निर्माण कार्यले गति लिएको छ।

व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अलपत्र बनेको थियो। पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार उक्त पुलमा हाल धमाधम काम भइरहेको छ। केही समय उक्त पुलको काम अलपत्र बने पनि हाल निर्माण व्यवसायीलाई निर्देशन दिएर काम सम्पन्न गर्न सचेत गराइएको उनले बताए।

वि।सं। २०७७ चैत २३ गते पक्की पुल शिलान्यास भएको थियो। पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो। सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसक्थे। तर, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काममा ढिलाइ भएको तिवारीले बताए।

हालसम्म चारपटक म्याद थप भइसकेको र अन्तिमपटकका लागि वि।सं। २०८३ असोज ३० गतेसम्म म्याद थप गरिएको उनले जानकारी दिए। बजेट अभाव नभएमा थपिएको समयभित्रै काम सम्पन्न गर्न कार्यालय र निर्माण व्यवसायी लागिपरेको उनले बताए। उनले भने, ‘झापुटारतर्फको स्पानको स्टिलको काम करिब सकिएको छ।

व्यासतर्फको स्पानको स्टिल जोडेपछि करिब ८५ प्रतिशत काम सम्पन्न हुनेछ।’गण्डकी प्रदेश सरकारको रु। ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा पुल निर्माण हुन लागेको हो। पुल निर्माणका लागि रसुवा–इलाइट जेभी, काठमाडौँसँग सम्झौता भएको थियो। एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९.५० मिटर हुनेछ। पाइल फाउन्डेसनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ।

पुल निर्माणपछि व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ। हाल सोही ठाउँमा झोलुङ्गे पुल रहेको छ। त्यसको करिब एक किलोमिटरमाथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ। त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ। तर, अहिले पुल निर्माण भइरहेको ठाउँबाट दमौली आउन पाँच सय मिटर दूरी पनि पर्दैन।

त्यहाँ हाल रहेको झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि केही वर्षपहिले जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गरेको थियो। तर, उक्त आदेश पूर्ण रूपमा पालना भएको छैन। हाल यहाँका सर्वसाधारणले झोलुङ्गे पुलबाटै दुईपाङ्ग्रे सवारीसाधन वारपार गर्दै आएका छन्।

झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ। साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.