भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रधानमन्त्री ओली र राष्ट्रपति सी जीनपिङको भेट

प्रधानमन्त्री ओली र राष्ट्रपति सी जीनपिङको भेट

काठमाडौँ, १४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जीनपिङसँगको भेटवार्ता भएकाे छ । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीनपिङसँगको भेटलाई “फलदायी” भन्दै सकारात्मक नतिजा आएको बताएका छन् ।

शनिबार थियानजिन अतिथि गृहमा भएको द्विपक्षीय वार्तामा नेपाल र चीनबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउनका लागि छलफल भएको बताइएकाे छ । प्रधानमन्त्री ओलीले भेटपछि सञ्चारकर्मीसँग भने, “यस वर्ष पनि राष्ट्रपति सीसँग भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुशी लागेको छ ।” उनले एससीओ शिखर सम्मेलनमा आमन्त्रण गरेकोमा राष्ट्रपति सीलाई धन्यवाद दिएका छन् ।

दुवै नेताले नेपाल र चीन बीचको सम्बन्धमा भएको प्रगति र भविष्यमा अझ मजबुत बनाउन आवश्यक कदमहरूबारे छलफल गरेका हुन । बैठकले व्यापार, पूर्वाधार निर्माण र क्षेत्रीय सुरक्षा जस्ता क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउने सहमति जनाएको छ ।

प्रधानमन्त्री ओली हाल चीनको औपचारिक भ्रमणमा रहेका छन्, जसका साथ नेपाल सरकारका मन्त्री र उच्च अधिकारीहरूको टोली पनि उपस्थित छ । यस भ्रमणबाट नेपालको चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउने र विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.