भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

दैलेखको मिथेन ग्यास र धौवादीको फलाम उत्खनन तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

दैलेखको मिथेन ग्यास र धौवादीको फलाम उत्खनन तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा रहेको मिथेन ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानीको उत्पादन कार्य शीघ्र अघि बढाउन निर्देशन दिएका छन्।

आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीलाई चीन सरकारको सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण तथा खानी सम्बन्धी कार्यको प्रगति र आगामी कार्ययोजना बारे जानकारी गराइएको थियो।

चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार दैलेखको ड्रिल साइटमा ११२.१ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएको छ। अन्य सम्भावित क्षेत्रमा समेत ग्यासको भण्डारण रहेको अनुमान गरिएको छ।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र ग्यास उत्पादन सुरू हुने गरी कार्य अघि बढाउन निर्देशन दिँदै आवश्यक बजेट तथा सरकारी सहजीकरणमा कुनै कमी नहुने बताएका छन्। त्यस्तै, धौवादी फलाम खानीको विषयमा जानकारी दिँदै सम्बन्धित कम्पनीले करिब ९९ मिलियन टन फलाम खनिज उत्खनन सम्भव रहेको र नियमित प्रक्रिया अनुसार २०८५ सालभित्र फलामरस्टिल उत्पादन थाल्न सकिने जनाएको छ।

प्रधानमन्त्री ओलीले भने, “२०८५ साल पर्खिनु हुँदैन, यसअघि नै उत्पादन थाल्ने गरी तयारी होस्। स्रोत, साधन र कानुनी सहजीकरणमा सरकार जिम्मेवार भएर अघि बढ्छ।”

छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसदहरू तथा सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।

 


Thali Mobile Pvt.Ltd.