भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

पाँचखाल–सुनकोसी खानेपानी आयोजना सम्पन्न, ६ हजार घरमा सुरु भयो घरघरको खानेपानी सेवा

पाँचखाल–सुनकोसी खानेपानी आयोजना सम्पन्न, ६ हजार घरमा सुरु भयो घरघरको खानेपानी सेवा

काभ्रेपलाञ्चोक, ९ असार । पाँचखाल नगरपालिकाका ६ हजार ३७ घरधुरीमा घरघरमै शुद्ध पिउने पानी वितरण थालिएको छ। पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तर्गतको काम लगभग सम्पन्न भएसँगै करिब ३१ हजार नागरिकले खानेपानी सेवा प्राप्त गर्न थालेका हुन्।

गत शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको पानी वितरण पाँचखाल नपा–९ डाँडागाउँस्थित प्रशोधन केन्द्रबाट गरिएको हो। सो केन्द्रमा सुनकोसी नदीबाट पानी ल्याएर प्रशोधन गरिने गरिएको छ। उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार परीक्षणका सबै प्रक्रिया पूरा गरेर दैनिक प्रतिसेकेण्ड ८४ लिटर दरले पानी पठाइने गरिएको छ।

पानी प्रशोधन केन्द्रको क्षमता ३९ लाख लिटर रहेको छ भने वितरणको लागि ओभरहेड ट्याङ्की, वितरण ट्याङ्की, ब्रेक प्रेसर ट्याङ्की, पाइपलाइन जस्ता पूर्वाधार निर्माण कार्य लगभग पूरा भएको छ। हालसम्म कुल २२० किलोमिटर वितरण पाइपलाइन र ६ हजार ३७ धारा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ।

खानेपानी आयोजनालाई २०७७ साल असार १५ गते नगर विकास कोष, पाँचखाल नगरपालिका, खानेपानी उपभोक्ता समिति र सहरी खानेपानी तथा सरसफाइ कार्यक्रमबीचको सम्झौताअनुसार दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य थियो। तर कोरोना महामारी, मेलम्ची र पाँचखालमा आएको बाढीपहिरोका कारण समय थप्दै आयोजनाको काम सम्पन्न गरिएको हो।

बाढीपहिरोले आयोजनाको मुहान, पर्खाल, पाइपलाइन लगायतमा करिब रु १ करोड ७० लाख बराबरको क्षति पुर्‍याएको थियो। सोही कारण पहिलो चरणमा पानी वितरण योजना पछि सरेको थियो।

कुल लागत रु १ अर्ब ४७ करोड ४३ लाख रहेको आयोजनाबाट २०४० सम्म पाँचखाल क्षेत्रका ४५ हजार नागरिकलाई खानेपानी सेवा दिने लक्ष्य लिइएको छ। हाल प्रत्येक नागरिकलाई दैनिक १९२ लिटर पानी आपूर्ति हुने अनुमान गरिएको छ। उपभोक्ता समितिले कुनै समस्या देखिए समितिको कार्यालयमा जानकारी गराउन आग्रह गर्दै सार्वजनिक अपिलसमेत जारी गरेको छ।

 


Thali Mobile Pvt.Ltd.