भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृतक संख्या बढ्दै

अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृतक संख्या बढ्दै

अफगानिस्तान, भाद्र १६ । अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको छ। पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्यूडको भूकम्प गएको बीबीसीले जनाएको छ।

पाकिस्तानको सीमा नजिकै स्थानीय समयअनुसार राति ११ बजेर ४७ मिनेटमा आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन्।

प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएका कारण मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। नंगरहार र कुनार प्रान्तका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।

भूकम्प ८ किमि गहिराइमा गएको र त्यसपछि कम्तीमा तीनवटा परकम्पन (४.५ देखि ५.२ म्याग्निच्यूड) गएको बताइएको छ। यो भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो।

कुनार प्रान्तका प्रहरी प्रमुखका अनुसार भूकम्पपछि बाढी र पहिरोका कारण उद्धार टोली पुग्न गाह्रो भएको छ। त्यस्तै, सरकारी अधिकारी लिबानले दुर्गम पहाडी क्षेत्रमा उद्धार तथा राहत कार्यमा मानवीय संस्थाहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.