भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी काम्पाला प्रस्थान,असंलग्न राष्ट्रहरूको सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी काम्पाला प्रस्थान,असंलग्न राष्ट्रहरूको सम्मेलनलाई  सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) युगाण्डाको राजधानी काम्पाला प्रस्थान गर्नु भएको छ । असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम) मा सहभागी हुन विहिबार प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी काम्पाला प्रस्थान गर्नु भएको हो ।

 नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डाको कम्पालामा हुने उक्त सम्मेलनलाइ प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 नेपाल असंलग्न आन्दोलनका संस्थापक राष्ट्रहरूमध्ये एक हुनुको नाताले एवं नेपालको परराष्ट्र नीति असंलग्न सिद्धान्तमा आधारित भएकाले भ्रमण नेपालका लागि निकै महत्वपूर्ण हुने प्रधानमन्त्री प्रचण्डको विस्वास रहेको छ।

भ्रमणका क्रममा नेपालको तर्फबाट प्रधानमन्त्री प्रचण्डले सर्म्बोधन गर्ने, सदस्य राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँगको भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेकोे छ ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा सुदृढीकरण, नेपालको राष्ट्रिय हित र साझा मुद्दाहरूको उठान एवं कार्यान्वयनका दृष्टिले भ्रमण महत्वको हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.