भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी काम्पाला प्रस्थान,असंलग्न राष्ट्रहरूको सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी काम्पाला प्रस्थान,असंलग्न राष्ट्रहरूको सम्मेलनलाई  सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) युगाण्डाको राजधानी काम्पाला प्रस्थान गर्नु भएको छ । असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम) मा सहभागी हुन विहिबार प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी काम्पाला प्रस्थान गर्नु भएको हो ।

 नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डाको कम्पालामा हुने उक्त सम्मेलनलाइ प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 नेपाल असंलग्न आन्दोलनका संस्थापक राष्ट्रहरूमध्ये एक हुनुको नाताले एवं नेपालको परराष्ट्र नीति असंलग्न सिद्धान्तमा आधारित भएकाले भ्रमण नेपालका लागि निकै महत्वपूर्ण हुने प्रधानमन्त्री प्रचण्डको विस्वास रहेको छ।

भ्रमणका क्रममा नेपालको तर्फबाट प्रधानमन्त्री प्रचण्डले सर्म्बोधन गर्ने, सदस्य राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँगको भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेकोे छ ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा सुदृढीकरण, नेपालको राष्ट्रिय हित र साझा मुद्दाहरूको उठान एवं कार्यान्वयनका दृष्टिले भ्रमण महत्वको हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.