भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

हतियार फिर्ता ल्याउन सरकारले चलायो विशेष अपरेशन

हतियार फिर्ता ल्याउन सरकारले चलायो विशेष अपरेशन

मुख्य बुँदा

गृह मन्त्रालयले हातहतियार फिर्ता ल्याउन विशेष अपरेशन सञ्चालन

जेलबाट भागेका कैदीलाई कारागार फिर्ता गर्ने कदम

निर्वाचन वातावरण बनाउन राजनीतिक दलको प्रतिबद्धता आवश्यक

प्रमुख जिल्ला अधिकारीलाई निर्वाचनको जिम्मेवारी

निर्वाचन सुरक्षा लक्षित गस्ती र पेट्रोलिङ बढाइने

काठमाडौँ, ३ कार्तिक । नयाँ पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियार फिर्ता ल्याउन गृह मन्त्रालयले विशेष अपरेशन सञ्चालन गर्ने भएको छ । सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा जेलबाट भागेका कैदीलाई कारागार फिर्ता गर्न सुरक्षानिकाय थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरूले समाजमा रहेका अपराधीहरूको दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा पनि जोड दिनुभयो, बैठकमा निर्वाचन तयारीसम्बन्धी रणनीतिक योजना प्रस्तुत गर्न गठित कार्यदलको कामकारबाहीको समीक्षा पनि भएको छ ।

बैठकमा निर्वाचनको वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई मुख्य जिम्मेवारी दिने निर्णय भएको छ । आजै निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूले गृहमन्त्री अर्याललाई भेटेर व्यवसायीहरूले ढुक्कसँग काम गर्नसक्ने वातावरण मिलाउन आग्रह गरेका छन्, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा पुगेको प्रतिनिधिमूलक टोलीले निर्माणजन्य कार्यमा सुरक्षाको महसुस गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

गृह मन्त्रालयले निर्वाचन लक्षित गस्ती बढाउन सुरक्षानिकायलाई निर्देशन दिएको छ, उक्त निर्देशन आजै सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।

फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाहरूको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउँदै जाने र सुरक्षानिकायहरूले समन्वयात्मक रूपमा गस्ती पेट्रोलिङ बढाउने निर्देशनमा पनि भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.