भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पोखरा–छेन्दु नियमित उडानः पर्यटन क्षेत्रमा उत्साह

पोखरा–छेन्दु नियमित उडानः पर्यटन क्षेत्रमा उत्साह

काठमाण्डौ  । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर्ड उडान शुरू भएको छ ।

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर्ड उडान गरेको हो । आज एक सय २७ चिनियाँ पर्यटक लिएर जहाज पोखरामा अवतरण गरेको हो ।

त्यही जहाज चढेर पोखराका पर्यटन व्यवसायी छेन्दु उड्नेछन् । यो उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझै प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई थप उचाइमा पुर्‍याउने नेपाल पर्यटन बोर्डको विश्वास छ ।

पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई पोखराको अवलोकनको अवसर प्रदान गर्ने बोर्डले जनाएको छ ।

यसबाट ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई समेत टेवा पुग्नेछ । पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल साढे दुई वर्षअघि उद्घाटन भएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.