भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

अनलाइनबाटै अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता, नविकरण, स्तरोन्नती गर्ने बागमती प्रदेश स्वास्थ्य मन्त्राय पहिलो प्रदेश

अनलाइनबाटै अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता, नविकरण, स्तरोन्नती गर्ने बागमती प्रदेश स्वास्थ्य मन्त्राय पहिलो प्रदेश

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नविरकण तथा स्तरोन्नती गर्न अनलाइन सेवा शुभारम्भ गरेको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश भित्रका १३ जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा अनलाईन सेवा सोमबार शुभारम्भ गर्नुभएको हो ।

अनलाइनबाटै अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता, नविकरण, स्तरोन्नती गर्ने बागमती प्रदेश स्वास्थ्य मन्त्राय पहिलो प्रदेश

सात प्रदेश मध्ये बागमती प्रदेश अनलाइन्बाट सेवा गर्ने पहिलो प्रदेश पनि हो । मन्त्रालयले तत्काल दर्ता, नविकरण तथा स्तरोन्नतीका लागि अनलाइन आवेदन दिन आव्हान गरेको र निजीस्तरका अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नविकरण र स्तरोन्नती हुनु अगाडि सम्बन्धित निकायबाट हुने अनुगमनमा आर्थिक चलखेल हुने आरोप लाग्दै आएपछि पहिलो पटक वागमती प्रदेश सरकारले अनलाइनबाटै आवेदन दिन गरि सेवा सञ्चालनमा ल्याएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको भनाई छ ।

चैत ४ गते सोमबार देशका सात प्रदेश मध्ये पहिलो पटक वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले उक्त सेवा शुभारम्भ गरेको हो ।मन्त्री थापाले अनलाइनबाट आवदेन दिएपछि मापदण्ड पुरा भए नभएको हेरेर मापदण्ड पुरा भएकाहरुको दर्ता नविकरण र स्तरोन्नती हुने बताउनुभयो । स्वास्थ्य सेवा ऐन पारित नहुँदा विगत पाँच वर्षदेखि रोकिएको प्रदेश भित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नविकरण र स्तरोन्नती खुल्ला गरेको बताउदै उहाँले विगतमा रोकिएका र नयाँ दर्ताका लागि तयारी भएका स्वास्थ्य संस्थाहरुले अनलाइनबाटै आवेदन दिएर दर्ता, नविकरण र स्तरोन्नती गर्न पाउने गरि सहज व्यबस्था गरेको उहाँले बताउनुभयो ।

अनलाइनबाटै अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता, नविकरण, स्तरोन्नती गर्ने बागमती प्रदेश स्वास्थ्य मन्त्राय पहिलो प्रदेश

अनलाइन प्रणाली लागु भएपछि सबैकुरा स्पष्ट हुने बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । उहाँले ‘निजी स्वास्थ्य संस्थाहरुको नियमनलाई पनि चुस्त दुरुस्त बनाउन सेवाहरुको मूल्य निर्धारण गर्ने, १० प्रतिशत शय्या गरिबहरुका लागि दिए नदिएको हेर्ने र अनिवार्य गर्न कडाई गर्ने, सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरुको मन्त्रालयबाटै निरिक्षण गर्न सक्ने व्यबस्था गर्ने गरि तयारी गरेको जानकारी दिनुभयो ।

अनलाइनबाटै अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता, नविकरण, स्तरोन्नती गर्ने बागमती प्रदेश स्वास्थ्य मन्त्राय पहिलो प्रदेश

कतिपय स्वास्थ्य संस्थाहरु झोलामा बोकेर हिडेका छन् भन्ने गुनासो आउने गरेको छ, कतिपय अस्पतालले ५० शय्याको अनुमति लिएर १०० शय्या सञ्चालन गरिरहेका छन्, कतिपयले स्वास्थ्य संस्था दर्ता, नविकरण एवं स्तरोन्नतीका लागि बीचका मानिस मार्फत आर्थिक चलखेल गरेर प्रक्रियामा जाने गरेको गुनासो आएको छ । अब त्यस्ता झण्झटमा पर्नु पर्दैन, सिधै अनलाइनबाट सेवा लिन सकिन्छ ।’ सचिव डा. गौतमको भनाई छ ।

प्रदेश स्तरीय अस्पतालहरुका चिकित्सक एवं कर्मचारीलाई कार्यालय समय भित्र दुई ठाउँमा काम गरेको पाईएमा तत्काल कारबाही गर्ने निर्णय गरेकाले त्यस्तो गल्ती नगर्न सचेत गराउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.