भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

नवयुवा आन्दोलनपछि बंगलादेशमा संसदीय चुनाव

नवयुवा आन्दोलनपछि बंगलादेशमा संसदीय चुनाव

ढाका, २९ माघ । बंगलादेशमा आज ऐतिहासिक संसदीय निर्वाचन हुँदैछ। झन्डै साढे १७ करोड जनसंख्या भएको बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनापछि हुन लागेको यो पहिलो आमचुनावलाई देशको राजनीतिक स्थायित्वका दृष्टिले अत्यन्त निर्णायक मानिएको छ।

मतदान प्रक्रिया बिहान साढे ७ बजेदेखि सुरु हुँदैछ। त्यहाँको निर्वाचन आयोगका अनुसार मतगणना आजै बेलुकादेखि सुरु हुने र प्रारम्भिक नतिजा मध्यराततिर आउने सम्भावना छ। समाचार संस्था रोयटर्सका अनुसार अन्तिम नतिजा भोलि बिहानसम्म सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

यस पटकको चुनावमा ३ सय संसदीय सिटका लागि २ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। झन्डै ५० राजनीतिक दल सहभागी भएको यस निर्वाचनमा एक निर्वाचन क्षेत्रमा उम्मेदवारको निधनका कारण मतदान स्थगित गरिएको छ।

बंगलादेशमा झन्डै १२ करोड ८० लाख मतदाता दर्ता भएका छन्। दर्ता मतदातामध्ये ४९ प्रतिशत महिला भए पनि उम्मेदवारमध्ये केवल ८३ जना मात्र महिला रहेका छन्।

मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र इस्लामवादी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनबीच हुँदैछ। पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टी भने प्रतिबन्धित अवस्थामा रहेको छ।

यस निर्वाचनले बंगलादेशको क्षेत्रीय कूटनीतिमा समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ। विशेषगरी भारतसँगको सम्बन्ध कमजोर हुँदै जाँदा चीनको प्रभाव बढ्न सक्ने आँकलन गरिएको छ। चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउन १ लाखभन्दा बढी सेना र झन्डै २ लाख प्रहरी परिचालन गरिएको खबरमा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.