भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

काठमाडौमा भेटियो पोलियोको जीवाणु

काठमाडौमा भेटियो पोलियोको जीवाणु

काठमाडौं । नेपालमा पोलियोको जीवाणु भेटिएको छ। काठमाडौमा टुकुचाको ढलबाट संकलन गरिएको नमुना परीक्षण गर्दा पोलियो भाइरस टाइप घ को जीवाणु भेटिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमले बताए।

काठमाडौंको पोलियो भाइरस जीवाणु आउट ब्रेक भएपछि स्वास्थ्य महाशाखाले काठमाडौं, ललितपुर भक्तपुरमा पोलियो विरुद्धको खोप अभियान सन्चालन गर्ने भएको छ।

डा गौतमका अनुसार काठमाडौं उपत्यकामा साउन १२ देखि पोलियो खोप अभियान संचालन हुनेछ। नेपालमा १३ वर्षयता पोलियो भाइरस देखिएको थिएन। १० वर्षअघि नेपाललाई पोलियो उन्मूलन घोषणा गरेको थियो।