भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

काठमाडौंका विभिन्न स्थानमा आज र भोलि विद्युत् अवरूद्ध हुने

काठमाडौंका विभिन्न स्थानमा आज र भोलि विद्युत् अवरूद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज र भोलि २ देखि पाँच घन्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ। प्राधिकरणले शनिबार ११ केभी इन्कमर अन्तर्गत मातातीर्थ, सतुंगल, मच्छेगाउँ र फर्पिङ फिडर अन्तर्गतका स्थानहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।

त्यस्तै ११ केभी मातातीर्थ फिडर अन्तर्गतका स्थानहरूमा आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म, सतुंगल फिडरमा आइतबार बिहान १२ बजेदेखि २ बजेसम्म, मच्छेगाउँ फिडरमा भोलि दिउँसो २ देखि ४ बजेसम्म र फर्पिङ फिडर अन्तर्गतका स्थानहरूमा दिउँसो अपराह्न ४ बजेदेखि ६ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

विद्युत् प्राधिकरणले सूचना जारी गर्दै मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० केभीको नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२र३३र११ केभी सबस्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने जानकारी गराएको छ।

प्राधिकरणे जोरपाटी वितरण केन्द्रको साँखु फिडर अन्तर्गतका स्थानहरूमा पनि आज बिजुली अवरूद्ध हुने जानकारी दिएको छ। माया पाटी, इन्द्रायनी, साँखु, जरसिंह पौवा, नांगलेभरे लगायतका स्थानमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.