भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख मात्रै (विवरणसहित)

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख मात्रै (विवरणसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दाहालसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर र भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख छ । पैतृक तथा अंशबाट प्राप्त उक्त सम्पत्ति स्वर्गीय पत्नी सीता दाहालको नाममै रहेको जनाइएको छ ।

यसैगरी प्रधानमन्त्री दाहालसँग पाँच तोला सुन र एभरेस्ट बैंकमा २५ लाख नगद मौज्दात रहेको जनाइएको छ । उक्त सुन पनि पैतृक सम्पत्ति रहेको तथा नगद प्रतिनिधि सभा सदस्यको तलबभत्ता वापत आर्जन गरेको उल्लेख गरिएको छ ।

यस्ताे छ विवरण

 


Thali Mobile Pvt.Ltd.