भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

बाजुरामा एक महिलाको हत्या

बाजुरामा एक महिलाको हत्या

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवालको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढाकोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी बडुवाललाई आफन्तले मृत अवस्थामा फेला पारेका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी दिलिपकुमार गिरीका अनुसार धौलीको टाउको र अनुहारमा गम्भीर चोट देखिएको छ । उनी बस्ने गोठको ढोका नजिकै रगत पनि देखिएको छ ।

प्रारम्भिक अनुसन्धानमा कुटपीटबाट धौलीको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.