भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति भेट्न शितल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपति भेट्न शितल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालयमा जान लागेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास जाने भएका हुन् ।

प्रचण्डले समसामयिक राजनीतिक विषयबारे छलफल गर्न आफू केहि समयपश्चात राष्ट्रपति कार्यालय आउने जानकारी पठाएको स्रोतले बताएको छ।

एमाले नेतृत्वको नयाँ समीकरणबाट संघीय सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री राष्ट्रपति कार्यालय जान लागेका हुन्।

बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीमण्डलको नाम र पुरानो मन्त्री बर्खास्तको सूची लिएर उनी जाँदैछन् ।

एमाले माओवादी रास्वपाको नयाँ गठबन्धनबाट प्रचण्ड नेतृत्वको सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ।

 


Thali Mobile Pvt.Ltd.