भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कांग्रेसका मन्त्रीलाई आजै बर्खास्त गर्ने तयारी

कांग्रेसका मन्त्रीलाई आजै बर्खास्त गर्ने तयारी

काठमाडौं । नयाँ गठबन्धन बनाई मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिए बर्खास्त गर्ने तयारी गरेका छन् । तर सभापति शेरबहादुर देउवा निवासमा बसेको काँग्रेस आकस्मिक बैठकमा मन्त्रीहरुले राजीनामा नदिने निर्णय गरेका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धन नतोडेको बताए । बैठकबाट बाहिरिँदा कानुनमन्त्री धनराज गुरुङ भने राष्ट्र्रिय झण्डा छोपेर बाहिरिएका थिए ।

कांग्रेसका मन्त्रीले राजीनामा दिन नमानेपछि प्रचण्डले सबै मन्त्रीलाई आजै बर्खास्त गर्ने तयारी गरेका छन् । प्रचण्ड सरकारमा कांग्रेसका तर्फबाट ८ जना मन्त्री रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.