भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेसका मन्त्रीलाई आजै बर्खास्त गर्ने तयारी

कांग्रेसका मन्त्रीलाई आजै बर्खास्त गर्ने तयारी

काठमाडौं । नयाँ गठबन्धन बनाई मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिए बर्खास्त गर्ने तयारी गरेका छन् । तर सभापति शेरबहादुर देउवा निवासमा बसेको काँग्रेस आकस्मिक बैठकमा मन्त्रीहरुले राजीनामा नदिने निर्णय गरेका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धन नतोडेको बताए । बैठकबाट बाहिरिँदा कानुनमन्त्री धनराज गुरुङ भने राष्ट्र्रिय झण्डा छोपेर बाहिरिएका थिए ।

कांग्रेसका मन्त्रीले राजीनामा दिन नमानेपछि प्रचण्डले सबै मन्त्रीलाई आजै बर्खास्त गर्ने तयारी गरेका छन् । प्रचण्ड सरकारमा कांग्रेसका तर्फबाट ८ जना मन्त्री रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.