भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट दर्ता गर्न मुख्य रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ। अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर आज निवेदन पेश गरेका हुन्।

रिटमा उल्लेख छ कि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेको अवस्थामा पनि संविधानअनुसार सरकार गठन गर्ने विकल्पहरू रहँदै, राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधानबमोजिम सरकार गठनको आह्वान नगरी, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सदस्यहरूलाई कुनै जानकारी नदिई प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री नियुक्त गरिएको थियो।

उक्त नियुक्त व्यक्तिले जननिर्वाचित संसद् विघटन गर्न सिफारिस गरेको र सोही आधारमा राष्ट्रपतिबाट संसद् विघटन गर्दा गम्भीर राजनीतिक तथा संवैधानिक संकट उत्पन्न भएको रिटमा उल्लेख गरिएको छ। रिट दर्ता हुने वा नहुने बारे बाँकी रहेको सर्वोच्च प्रशासनले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.