भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अमेरिका: संविधानपालन गर्ने पारदर्शी सरकारलाइ समर्थन

अमेरिका: संविधानपालन गर्ने पारदर्शी सरकारलाइ समर्थन

काठमाडौँ,  ३ असाेज । अमेरिकाले संविधान पालना गर्ने पारदर्शी सरकारका लागि नेपाली जनताको चाहनालाई समर्थन गर्ने बताएको छ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै अमेरिकाले दक्षिण एसियामा स्थायित्व प्रवर्द्धन तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपाललाई साथ दिने जनाएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, “दक्षिण एसियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपालको साथमा घनिष्ठ सहकार्यलाई निरन्तरता दिन उत्सुक छौँ।”

अमेरिकाले नेपालका जनता आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सबल पार्ने र सबैको समृद्धि प्रवर्द्धन गर्ने आशावादी भविष्यको हकदार रहेको पनि उल्लेख गरेको छ।

 


Thali Mobile Pvt.Ltd.