भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

संविधानको मर्मअनुसार इमान्दार प्रयास आवश्यक : राष्ट्रपति पौडेल

संविधानको मर्मअनुसार इमान्दार प्रयास आवश्यक : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावना अनुसार सबैलाई इमान्दार र प्रभावकारी प्रयास गर्न आह्वान गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले वर्तमान संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो ।

उहाँका अनुसार संविधानले प्रत्याभूत गरेका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित हुनुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिनु अनिवार्य छ । राष्ट्रपति पौडेलले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट समुन्नत राष्ट्रको अग्रस्थानमा नेपाल छिट्टै पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

यसै अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय प्रणालीमा जनविश्वास कायम राख्न अबका प्रयासहरू निर्णायक हुने उल्लेख गर्नुभयो ।

सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विभिन्न दलका शीर्ष नेताहरूले पनि शुभकामना सन्देश व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.