भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

प्रि–मनसुनी वर्षाले यसवर्षको मनसुनलाई जोड्ने सम्भावना

प्रि–मनसुनी वर्षाले यसवर्षको मनसुनलाई जोड्ने सम्भावना

काठमाडौं, ७ जेठ । प्रि–मनसुनी गतिविधिका कारण केही दिनयता देशका धेरैजसो ठाउँमा पानी परेको छ। हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुँदै आएको छ।

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ।मौसमविद्हरूका अनुसार अझै केही दिन प्रि–मनसुनी वर्षा जारी रहनेछ र यसले यस वर्षको मनसुनलाई मजबुत बनाउने सम्भावना छ।

नेपालमा जुन १३ तारिखमा मनसुन प्रवेश गर्ने र अक्टोबर २ तारिखमा बाहिरिने महाशाले जनाएकाे छ । मनसुन भित्रिने अवधि जेठ अन्तिमदेखि गनिँदा हाल करिब २२ देखि २३ दिन बाँकी रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात पनि हुनसक्ने छ।

 


Thali Mobile Pvt.Ltd.