खानेपानीको अभावमा काठमाडौबासी निस्सासिएर मर्ने दिन आउन लाग्योः प्रेम सुवाल

खानेपानीको अभावमा काठमाडौबासी निस्सासिएर मर्ने दिन आउन लाग्योः प्रेम सुवाल image

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौबासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिँदै सांसद सुवालले खानेपानीको स्रोतको व्यवस्था संघीय सरकारले त्यसको वितरणको काम स्थानीय सरकारले गर्नुपर्ने पनि बताए।

मेलम्चीको पानीले काठमाडौंमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले काठमाडौं उपत्यकाबासी खानेपानीको अभावमा निस्सासिएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने उनको भनाइ थियो। उनले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार देशभर खानेपानीको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। देशभर सुक्खा बढिरहेको उल्लेख गर्दै सांसद सुवालले त्यस्ता ठाउँहरुमा पानी पुरणभरणको बन्दोबस्त गर्न पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए।

सांसद सुवालले देशभर आर्सेनिकमुक्त खानेपानीको व्यवस्था गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda