भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

सार्वजनिक बिदाको दिन पनि खुल्छन् भक्तपुरका यी कार्यालय

सार्वजनिक बिदाको दिन पनि खुल्छन् भक्तपुरका यी कार्यालय

भक्तपुर । बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् । गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्ने गरेको र कर्मचारी सेवा दिने गरेको बताइन् ।

शनिबारबाहेकका अन्य चाडबाड तथा पर्वलगायतका सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै काम हुने उनले बताइन् । सेवा दिने कार्यालयमा कर्मचारी सेवाग्राहीको प्रतिक्षामा बसे पनि सेवाग्राहीको आगमन भने कमै हुने गरेको उनले बताइन् ।

सेवाग्राहीलाई सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्छ र सेवा पाइन्छ भन्ने धेरैलाई थाहा नहुँदा सेवाग्राहीको आगमन कम हुँदा त्यस्ता दिनमा यस्ता कार्यालय सुनसान हुने गरेको उनले बताइन् । नापी र मालपोत कार्यालय सार्वजनिक बिदामा पनि खुला हुने गरेका छन् ।

सरकारले उभौली पर्व–चण्डीपूर्णिमा, बुद्धजयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिसमस डे, किरात समुदायको उधौली पर्व, योमरी पुन्ही–ज्यापू दिवस, तमुल्होसार, बुद्धजयन्ती, माघी पर्वमा अत्यावश्यकीय सरकारी कार्यालय खुला गर्ने निर्णय गरेसँगै यस्ता कार्यालयमा सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने गरेका छन् ।

त्यस्तै प्रजातन्त्र दिवस, महाशिवरात्रि, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर इद र मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालगायतका सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ला रहने गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन्, ‘बिदाको दिनमा हामीले कर्मचारीको एउटा युनिट राखेका हुन्छौँ । सेवा दिइरहेका हुन्छौँ । सार्वजनिक बिदामा दिनमा निकै कम काम हुन्छ ।’- रासस

 


Thali Mobile Pvt.Ltd.