भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

लक्ष्मीनरसिंह मन्दिर २०८२ जेठ ६ गते उद्घाटन गर्ने तयारी

लक्ष्मीनरसिंह मन्दिर २०८२ जेठ ६ गते उद्घाटन गर्ने तयारी

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं ४ गःहिटीस्थित प्राचीन सम्पदा लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण निर्देशक समितिको बैठक बस्यो ।

बैठकमा अध्यक्ष प्रजापतिले सम्पदाहरुको संरक्षण जनताको साथ र सहयोगमा गर्दै आएको बताउँदै नयाँ पुस्तालाई उत्साहित गर्न मन्दिर पुनःनिर्माणमा प्राप्त ऐतिहासिक, सांस्कृतिक र खोजमूलक विषयवस्तुहरु र सहयोग गर्ने सम्पूर्ण पक्ष समेतेर पुस्तक प्रकाशित गर्न लागेको र भविष्यमा अनुसन्धानकर्ताहरुका लागि त्यो पुस्तक अत्यन्त उपयोगी हुने बताउनुभयो । ‘हामी हरेक कामको दस्तावेजीकरण गर्दै जानेछौं’–उहाँले बताउनुभयो ।

निर्देशक समितिको बैठकमा लक्ष्मीसिंह मन्दिर पुनःनिर्माणसम्बन्धी सम्पूर्ण विवरणहरु समावेश ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२’ पुस्तकबारे जानकारी गराइयो भने पुनःनिर्माण कार्यको लागि निर्देशन समितिमा बसी सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, उपभोक्ता समिति, स्थानीय बासिन्दा र सहयोग गर्ने सम्पूर्णमा निर्देशक समितिको तर्फबाट धन्यवादज्ञापन गर्ने निर्णय ग¥यो ।

बैठकमा भक्तपुर नगरपालिका सम्पदा उपशाखा प्रमुख रामगोविन्द श्रेष्ठले लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण कार्यसम्बन्धी विवरण जानकारी गराउनुभयो ।
लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष शिवराम किजुले मन्दिर पुनःनिर्माणको खर्च विवरण प्रस्तुत गर्दै स्वेच्छाले सहयोग गर्नेहरुबाट रु। २२ लाखभन्दा बढी सहयोग प्राप्त भएको ७५० जनाभन्दा बढी जनताले श्रमदान र लाखौं रुपैयाँ बराबरको जिन्सि सामान सहयोगस्वरुप प्राप्त भएको विवरण प्रस्तुत गर्नुभयो ।

भक्तपुर नगरपालिकाले २०७९ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जेठ ६ गते बहाली भएको दिनलाई ‘भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहालीको तीन वर्ष’ को अवसरमा उक्त मन्दिर उद्घाटन गर्ने तयारी गरिरहेको छ । उक्त मन्दिरको शिलान्यास २०७८ मंसिर २८ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.