भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रेश्म चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकको स्पष्टीकरण: पूर्वाग्रह नहुने र भविष्यमा सचेत रहने प्रतिबद्धता

रेश्म चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकको स्पष्टीकरण: पूर्वाग्रह नहुने र भविष्यमा सचेत रहने प्रतिबद्धता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउप्रति आफ्नो प्रतिक्रियामा पूर्वाग्रहको आरोप अस्विकार गरेका छन्। प्रतिनिधि सभामा बिहीबारको बैठकमा जवाफ दिँदै उनले यो घटनामा केवल अदालतको आदेशको पालन गरिएको र कुनै पनि प्रकारको दुराग्रह नभएको बताएका छन्।

“यस घटनामा कानूनी प्रक्रिया र अदालतको आदेशको मात्र पालन गरिएको हो, र हामीले यसका साथै भविष्यमा यस्ता घटनाबाट सचेत र सावधान हुने प्रयास गर्नेछौं,” गृहमन्त्री लेखकले भने। उनले चौधरी र उनका परिवारजनलाई परेको दुःख र असहजताको लागि दु:ख व्यक्त गर्दै, सरकारको कार्यमा सुधार ल्याउनका लागि सचेत रहने वचन दिएका छन्।

गृहमन्त्रीले चौधरीलाई पक्राउ गर्न प्रहरी प्रशासनको सक्रियतासँगै, पछि पत्रको आधिकारिकता शंका लागेपछि चौधरीलाई थुनामुक्त गरिएको जानकारी दिएका छन्। साथै, उनले सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको अप्रमाणिक पत्रको आधारमा गरिएको कारबाहीमाथि अनुसन्धान भइरहेको पनि स्पष्ट पारे।

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्न नहुने र झुटा जानकारी दिने कार्यको सम्बन्धमा विष्टमाथि अनुसन्धान चलिरहेको छ। यस घटनापछि नागरिक उन्मुक्ति पार्टीले सरकारको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्दै सरकारबाट बाहिर जाने चेतावनी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.