भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

“शिक्षकको बारीमा हरियो भविष्य: बडुवालको किवी खेतीले दियो प्रेरणा”

“शिक्षकको बारीमा हरियो भविष्य: बडुवालको किवी खेतीले दियो प्रेरणा”

आठबीस । चकको धूलोबाट माटोको सुवासमा रूपान्तरण भएको जीवन कथा हो, नर बहादुर बडुवालको। विद्यालयको कक्षामा अक्षरहरू रोप्ने उनको मन, अब आफ्नै बारीमा हरिया सपनाहरू फलाउँदैछ किवीका रूपमा।

शिक्षकको हातबाट माटोसम्मः नर बहादुर बडुवालको किवी बगैंचामा उम्रिएको सपना

पूर्व शिक्षक बडुवाल, कहिल्यै गुनासो नगर्ने, कहिल्यै नथाक्ने अनुहार हो । उनले चक फालेर कोदालो समाते, तर शिक्षाको आदर्श छोडेनन्। अहिले पनि उनी आफ्नो खेतका बोटहरूलाई त्यसैगरी हुर्काउँछन्–जसरी कुनै दिन उनले विद्यार्थी हुर्काएका थिए।

२०७९ माघ २१ गते, उनले आफ्ना आशाका बिरुवाहरूमा २१ वटा पोथी र ४ वटा भाले किवीका बोट रोपे । उनलाई लागेको थियो योजना र तालिमबाट सिप सिकेर विरुवा रोपीएला, कहिले फुल्ला ? कहिले फल लाग्ला ? भन्ने कौतूहलता ।

शिक्षकको हातबाट माटोसम्मः नर बहादुर बडुवालको किवी बगैंचामा उम्रिएको सपना

तर उनको बारीले निराश गरेन
उनको बारीमा १ वर्ष ३ महिनामै किवीको फूल फुल्यो। बैशाखको बिहानमा किवीका हाँगाहरूमा हरिया दानाहरू टल्किन थाले। फल लागेका १९ वटा बोटहरूमध्ये एक बोटमा २१० वटा दाना देखेर उनी हौसिय । त्यो देखेर उनका आँखा रसाए । हातका चाउरीभित्रको पसिना र थकान एकैछिनमा हरायो।

“गर्न सकिन्छ भन्ने विश्वासले नै मलाई अघि बढायो, उनी भन्छन्, सकस भयो, पाइलामा माटो, घाममा पसिना–तर फल देख्दा सबै बिर्सिन्छु।” उनले कहिले तार बाँध्न, कहिले मल हाल्न, कहिले पानी सिञ्चाइ गर्न भुलेनन्। हरेक बिहान बगैंचालाई निहालेर मुस्कुराउने उनको बानी छ । यी मेरा नयाँ विद्यार्थी हुन्, भन्ने उनको मनमा छ ।
उनको मेहनतको फल आज गाउँलेहरूका आँखाको गौरव बनेको छ।

शिक्षकको हातबाट माटोसम्मः नर बहादुर बडुवालको किवी बगैंचामा उम्रिएको सपना

उनले छोएको माटोले फल दिन थालेको छ, उनी हाँस्दा गाउँ मुस्कुराउँछ। “म शिक्षण पेशाबाट बाहिरिएँ, तर सिकाउने र हुर्काउने काम कहिल्यै छोडिनँ। फरक यति हो–अहिले मेरा विद्यार्थीहरू किवीका हाँगाहरू हुन्।” उनी भन्छन् ।

किवीका ती हाँगाहरू अहिले उनको जीवनका पाना जस्ता छन् । हरेक बोटसँग कथा छ, हरेक फलसँग सम्झना छ। उनले बाँधेको तार, राखेको मल, हालेको पानी–सब कुराले उनलाई बाँच्ने ऊर्जा दिन्छ। म शान्त छु यहाँ। मैले अब किताब होइन, प्रकृतिलाई पढ्छु। उनी भन्छन्।

शिक्षकको हातबाट माटोसम्मः नर बहादुर बडुवालको किवी बगैंचामा उम्रिएको सपना

आज नर बहादुर बडुवालको बगैंचा शिक्षाको केन्द्रजस्तै बनेको छ। उनले कहिल्यै भाषण दिएनन्, तर उनको पसिना आफैं भाषण बनेर बोलेको छ–मेहनत, धैर्य, र विश्वासको।

 


Thali Mobile Pvt.Ltd.