भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बीपी राजमार्ग पुनःनिर्माणका लागि विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्ने

बीपी राजमार्ग पुनःनिर्माणका लागि विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्ने

काठमाण्डौ । बीपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्ययन अगाडि बढाइएको जनाएको छ। असोज दोस्रो हप्ताको बाढी पहिरोबाट क्षति भएको भीषण बाढी र पहिरोबाट उक्त राजमार्ग क्षतविक्षत भएको हो ।

सडक विभागले हाल भकुण्डेबेँसीबाट नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकको स्तरोन्नतीसँगै पुनःनिर्माण प्रक्रियाको काम अगाडि बढाउने तयारी गरेको जनाएको छ ।

बाढीबाट सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गालगायत जिल्लामा पुग्ने यातायातको मुख्य आधारका रूपमा रहेको बीपी राजमार्गको विभिन्न भागमा सामान्य क्षतिसँगै रोशी आसपासका करिब १० किलोमिटर सडक पूर्णरूपमा क्षति पुगेको हो ।

आवश्यक परिमार्जन गरी विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्न र वर्षाको समयमा यातायात सञ्चालन गर्नेगरी आवश्यक कार्य चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्देशन समेत दिएको छ ।

सडकको स्तरोन्नती र पुनःनिर्माणको लागि विभागले परामर्शदाताको रूपमा ‘रिप्पल ट्रेनिङ्ग एण्ड कन्सल्टिङ्ग सर्भिसेज’सँग सम्झौता गरी विस्तृत प्राविधिक प्रतिवेदन तयारको काम अघि बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.