भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

माटोको जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिनप्रतिदिन बढ्दै

माटोको जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिनप्रतिदिन बढ्दै

काठमाण्डौ । नेपालमा पनि विश्व माटो विभिन्न कार्यक्रम गरी मनाइँएको छ । विहीमार ११ औँ विश्व माटो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । यसवर्ष ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नाराका साथ माटोको गुणस्तर बारेमा प्रचार–प्रसार, माटो परीक्षण लगायतका कार्यक्रम गरी यो दिवस मनाइँएको हो ।

स्वस्थ माटोको महत्त्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रलगायत सङ्घ संस्थाहरूले गरेको अध्ययनले माटोमा अम्लीयपनको समस्या बढ्दै गएको छ ।

रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग लगायतका कारण माटोको गुणस्तर कमजोर हुँदै गएको कृषिविज्ञले बताएका छन् । विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि खेतीयोग्य जमिनका माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिनप्रतिदिन बढिरहेको अध्ययनले देखाएको छ ।

 


Thali Mobile Pvt.Ltd.