भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

ऐतिहासिक मात्र नभइ प्राकृतिक रूपले पनि चर्चित हुँदै रानीकोट

ऐतिहासिक मात्र नभइ प्राकृतिक रूपले पनि चर्चित हुँदै रानीकोट

भक्तपुर । रानीकोट काठमाडौं उपत्यकाबाट सबै भन्दा नजिकको प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँबाट उपत्यका हेर्दा धर्तीको स्वर्ग भनेकै यही हो जस्तो लाग्छ । काठमाडौं उपत्यका हेर्नका लागि पछिल्लो समय मानिसहरूको प्रमुख रोजाइमा परेको स्थान पनि हो रानीकोट ।

यो भक्तपुर, काभ्रे र ललितपुर जिल्लाको संगम स्थाल पनि हो । हरियाली जंगल बीचमा रहेको रानीकोट थुम्कोबाट दिनमा होस या राती, काठमाडौं उपत्यकोको मनमोह दृश्य उत्तीकै अभिरुचिका साथ हेर्न सनिन्छ । यहाँबाट देखिने हिमश्रृखला, उपत्यकाका तीन जिल्ला दृश्यसंगै काभ्रे जिल्लाका विभिन्न भागको दृश्य हेर्न मानिसहरू यहाँ पुग्ने गर्छन्।

घरबाट टाढा जाने अवस्था नहुँदा राजधानी सँगै जोडिएको नजिकको आकर्षक गन्तव्य हो रानीकोट । यहाँ सहजै पुग्न सकिन्छ । रानीकोट क्षेत्र प्राकृतीक सुन्दरताले भरीपूर्ण क्षेत्र हो । रानीको क्षेत्रमा विभिन्न स्तरका होटलहरू विस्तारै खुलदैछन् तर हरियाली वातावरणमा रम्न र रमाउन र मनमोह दृश्य हेर्न भिलेज हाइल्याण्ड रिर्सोट आकर्षक मानिन्छ ।

यहाँबाट हिम श्रृङ्खाला मनमौजी हेर्न सकिन्छ । केही वर्ष अघिसम्म चर्चा नपाएको रानीकोट अहिले ऐतिहासिक रूपले मात्र नभएर प्राकृतिक रूपले पनि चर्चित हुँदै गएको छ। पछिल्लो समय थोरै समय निकाल्ने आन्तरिक पर्यटकका लागि रानीकोट पहिलो रोजाई बन्ने गरेको छ।

यो क्षेत्र हाईकिङका लागि समेत प्रसिद्ध छ । सूर्यविनायकदेखि हाईकिङ गरेर घ्याम्पेडाँडा हुँदै रानीकोट पुग्न सकिन्छ । सूर्यविनायकबाट ५ किलोमिटरको दुरिमा रहेको घ्याम्पेडाँडामा पनि होटल घ्याम्पे लगायतका राम्रा होटलहरु रहेका छन् । शहरको कोलाहल भुलेर केही समय शान्त तथा हाइकिङ गर्न रूचि हुनेको प्रमुख रोजाईमा परेको छ रानीकोट।

सूर्यविनायक–घ्याम्पेडाँडा, रानीकोटहुँदै आशापुरी हाइकिङ, सूर्यविनायक–रानीकोट–फुलचोकी हाइकिङ जान सकिन्छ । सूर्यविनायक–रानीकोट, लाकुरीभञ्ज्याङ हुँदै गोदावरीसम्म हाइकिङ जानसकिन्छ । रानीकोट हुदै काभ्रेको पनौती नगरपालिका चामखरमा रहेको डायमण्डहिल रिसोर्टसम्म पनि हाईकिङमा जान सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.