भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर नगरपालिकाले शिक्षामा जोड दिएको कारण समाज अगाडि बढ्योः मेयर प्रजापति

भक्तपुर नगरपालिकाले शिक्षामा जोड दिएको कारण समाज अगाडि बढ्योः मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै काम गरेको बताउँनु भएको छ ।

मिवाछेँ टोल विकास व्यवस्थापन उपभोक्ता समितिको आयोजनमा नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

भक्तपुर नगरपालिकाले शिक्षामा जोड दिएको कारण समाज अगाडि बढेको बताउँदै भक्तपुरका जनतालाई शैक्षिक ऋण, छात्रवृत्तिको व्यवस्था गरेको बताउँनुभयो । अक्सिजन र रगत पनि निःशुल्क वितरण गरिरहेको बताउँदै देको मिवा इतापाके जग्गा एकीकरण आयोजना नाफाको लागि नभई अव्यवस्थित क्षेत्र व्यवस्थित गर्न जग्गा एकीकरण आयोजना गरेको जानकारी दिनुभयो ।

२ नं वडाका वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपाको घोषणापत्र अनुसार युवा उद्यमशीलता ऋण प्रदान गर्न लागेको बताउनुभयो । कार्यक्रममा रत्नकाजी नायभारी, श्यामसुन्दर मातां, उमेश प्रधानले पनि आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरु नगर प्रमुख प्रजापतिले प्रष्ट पार्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.