भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भक्तपुर नगरपालिकाले शिक्षामा जोड दिएको कारण समाज अगाडि बढ्योः मेयर प्रजापति

भक्तपुर नगरपालिकाले शिक्षामा जोड दिएको कारण समाज अगाडि बढ्योः मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै काम गरेको बताउँनु भएको छ ।

मिवाछेँ टोल विकास व्यवस्थापन उपभोक्ता समितिको आयोजनमा नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

भक्तपुर नगरपालिकाले शिक्षामा जोड दिएको कारण समाज अगाडि बढेको बताउँदै भक्तपुरका जनतालाई शैक्षिक ऋण, छात्रवृत्तिको व्यवस्था गरेको बताउँनुभयो । अक्सिजन र रगत पनि निःशुल्क वितरण गरिरहेको बताउँदै देको मिवा इतापाके जग्गा एकीकरण आयोजना नाफाको लागि नभई अव्यवस्थित क्षेत्र व्यवस्थित गर्न जग्गा एकीकरण आयोजना गरेको जानकारी दिनुभयो ।

२ नं वडाका वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपाको घोषणापत्र अनुसार युवा उद्यमशीलता ऋण प्रदान गर्न लागेको बताउनुभयो । कार्यक्रममा रत्नकाजी नायभारी, श्यामसुन्दर मातां, उमेश प्रधानले पनि आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरु नगर प्रमुख प्रजापतिले प्रष्ट पार्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.