भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतीय कामदारलाई हवाई जहाजबाट अनुदानमा इजरायल लगिने

भारतीय कामदारलाई हवाई जहाजबाट अनुदानमा इजरायल लगिने

एजेन्सी । भारतबाट यस वर्ष अप्रिल र मे महिनामा झण्डै छ हजार कामदार इजरायल जाने भएका छन् । इजरायलले श्रमिक अभावको समस्या सामना गरिरहेका कारण भारतबाट श्रमिक लाने इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

२०२३ अक्टोबरदेखि गाजामा इजरायली आक्रमणका कारण द्वन्द्व शुरु हुनुअघि प्यालेस्टिनी क्षेत्रबाट ठूलो सङ्ख्यामा मानिस काम गर्न इजरायल गएका थिए । दुई देशको सरकारबीचको सम्झौताअनुसार भारतबाट कामदार इजरायल पठाइने खबरमा उल्लेख छ ।

वेस्ट बैंकका झण्डै ८० हजार र गाजाका १७ हजार मानिस कामका लागि इजरायल जाने गर्थे । तर अक्टोबर ७ देखि यस क्षेत्रबाट श्रमिक आवतजावत बन्द भएको छ । भारतीय कामदारलाई हवाई जहाजबाट अनुदानमा इजरायल लगिने बीबीसी हिन्दीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सबैभन्दा धेरै निर्माण क्षेत्रसँग सम्बन्धित काम गर्न विदेशी कामदार लैजाने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.