भर्खरै : Sorry, your browser does not support inline SVG.
संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम |

भारतीय कामदारलाई हवाई जहाजबाट अनुदानमा इजरायल लगिने

भारतीय कामदारलाई हवाई जहाजबाट अनुदानमा इजरायल लगिने

एजेन्सी । भारतबाट यस वर्ष अप्रिल र मे महिनामा झण्डै छ हजार कामदार इजरायल जाने भएका छन् । इजरायलले श्रमिक अभावको समस्या सामना गरिरहेका कारण भारतबाट श्रमिक लाने इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

२०२३ अक्टोबरदेखि गाजामा इजरायली आक्रमणका कारण द्वन्द्व शुरु हुनुअघि प्यालेस्टिनी क्षेत्रबाट ठूलो सङ्ख्यामा मानिस काम गर्न इजरायल गएका थिए । दुई देशको सरकारबीचको सम्झौताअनुसार भारतबाट कामदार इजरायल पठाइने खबरमा उल्लेख छ ।

वेस्ट बैंकका झण्डै ८० हजार र गाजाका १७ हजार मानिस कामका लागि इजरायल जाने गर्थे । तर अक्टोबर ७ देखि यस क्षेत्रबाट श्रमिक आवतजावत बन्द भएको छ । भारतीय कामदारलाई हवाई जहाजबाट अनुदानमा इजरायल लगिने बीबीसी हिन्दीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सबैभन्दा धेरै निर्माण क्षेत्रसँग सम्बन्धित काम गर्न विदेशी कामदार लैजाने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.