भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

बागमतीका महिलाहरू भक्तपुरमा चालक बन्दै

बागमतीका महिलाहरू भक्तपुरमा चालक बन्दै

भक्तपुर । महिलाहरुलाई बागमती प्रदेश सरकारले तीन महिने तालिम दिन सुरु गरेको छ । गाडी चालक बन्न चाहने महिलालाई प्राथमिक्तामा राख्दै महिला चालक उत्पादनमा जोड दिएको हाे । यसबाट महिला रोजगारीमा टेवा पुग्ने अपक्षा गरिएको छ । उपेक्षित, उत्पीडित र न्यून आय भएका महिलाहरुलाई केन्द्रीत गरी प्रदेश सरकारले सीप सिकाउन थालेको हो । महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार कार्यक्रमको भक्तपुरमा एक कार्यक्रमका बीच सुभारम्भ गरेको हो ।

यसले रोजगारीमा पूर्ण सहयोग पुग्ने त छदैछ, आर्थिक मन्दीले जीवनयापन गर्न अप्ठेरो परिरहेका बेला सीप सिकेर केही गर्न सहज हुने तालिममा सहभागि महिलाहरुले बताएका छन् । पाइलट प्रोजेक्टका रुपमा लग्ने उदेश्य बोकेर पहिलो पटक सय जना महिलाई तालिम दिएको र यसले महिलालाई आत्मनिर्भर बनाउँने प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बताए ।

तालिमले सार्वजनिक यातायातलाई थप मर्यादित बनाउने उद्देश्यका साथ तालिम सुरु गरेको धारणा राख्नु भयो । प्रदेशका १३ वटै जिल्लाका महिलालाई साना सवारी चालक बनाउने सीप सिकाएर जाने अनि आउने परिणाम हेरेर थप गर्दै जाने लक्ष्य रहेको यातायात मन्त्रालयका सचिव बलराम निरौलाले बताए । चालक बन्न रुची राख्ने करिब ४१ जना महिलाहरु सहभागि भएका छन् ।

बुढाथोकी ड्राइभिङ सेन्टर राधेराधेमा सीप सिकिरहेका उनीहरुले तीनमहिना सम्म तालिम लिनेछन् । तालिममा कुनै कमिहुन नदिने प्रशिक्षकको भनाइ छ । दैनिक जीवनयापनमा तालिम सहयोगी बन्नेमा मन्त्रालयको आशा छ ।

 


Thali Mobile Pvt.Ltd.