भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बागमतीका महिलाहरू भक्तपुरमा चालक बन्दै

बागमतीका महिलाहरू भक्तपुरमा चालक बन्दै

भक्तपुर । महिलाहरुलाई बागमती प्रदेश सरकारले तीन महिने तालिम दिन सुरु गरेको छ । गाडी चालक बन्न चाहने महिलालाई प्राथमिक्तामा राख्दै महिला चालक उत्पादनमा जोड दिएको हाे । यसबाट महिला रोजगारीमा टेवा पुग्ने अपक्षा गरिएको छ । उपेक्षित, उत्पीडित र न्यून आय भएका महिलाहरुलाई केन्द्रीत गरी प्रदेश सरकारले सीप सिकाउन थालेको हो । महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार कार्यक्रमको भक्तपुरमा एक कार्यक्रमका बीच सुभारम्भ गरेको हो ।

यसले रोजगारीमा पूर्ण सहयोग पुग्ने त छदैछ, आर्थिक मन्दीले जीवनयापन गर्न अप्ठेरो परिरहेका बेला सीप सिकेर केही गर्न सहज हुने तालिममा सहभागि महिलाहरुले बताएका छन् । पाइलट प्रोजेक्टका रुपमा लग्ने उदेश्य बोकेर पहिलो पटक सय जना महिलाई तालिम दिएको र यसले महिलालाई आत्मनिर्भर बनाउँने प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बताए ।

तालिमले सार्वजनिक यातायातलाई थप मर्यादित बनाउने उद्देश्यका साथ तालिम सुरु गरेको धारणा राख्नु भयो । प्रदेशका १३ वटै जिल्लाका महिलालाई साना सवारी चालक बनाउने सीप सिकाएर जाने अनि आउने परिणाम हेरेर थप गर्दै जाने लक्ष्य रहेको यातायात मन्त्रालयका सचिव बलराम निरौलाले बताए । चालक बन्न रुची राख्ने करिब ४१ जना महिलाहरु सहभागि भएका छन् ।

बुढाथोकी ड्राइभिङ सेन्टर राधेराधेमा सीप सिकिरहेका उनीहरुले तीनमहिना सम्म तालिम लिनेछन् । तालिममा कुनै कमिहुन नदिने प्रशिक्षकको भनाइ छ । दैनिक जीवनयापनमा तालिम सहयोगी बन्नेमा मन्त्रालयको आशा छ ।

 


Thali Mobile Pvt.Ltd.