भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना पहिरोका कारण एक महिनादेखि अवरुद्ध

सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना पहिरोका कारण एक महिनादेखि अवरुद्ध

सिन्धुली । एक महिनादेखि सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने मेसिन पहिरोका काराण अवरुद्ध भएको छ । सुुरुङ गर्ने टनेल वोरिङ मेसिन टिविएम एक महिना यतादेखि सिन्धुलीमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अवरुद्ध भएको हो ।

यसपटक सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टीबीएम) लाई पहिरोले थिचेपछि एक महिनादेखि डाइभर्सनको सुरुङ निर्माण कार्य रोकिएको छ । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये १० दशमलव ५ किलोमिटर सुरुङ निर्माण भइसकेको अवस्थामा गिलो माटोको पहिरो आएर टिविएम जाममा परेको हो ।

जाममा परेको टनेल बोरिङ मेसिन (टीबीएम) डाइभर्ट गरेर अगाडि बढाउने र पहिरो हटाएर सञ्चालन गर्ने प्रयास भइरहेको सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाले जनाएको छ । लगातार टिविएम जाममा पर्दा आयोजना र सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ ठकेदार कम्पनी कोवेकलाई करोडौको नोक्सानी भइरहेको छ ।

गिलो पहिरो माटो झरेर सुनकोशी– ७ मझुवाको डाँडा गणेशस्थान निगुली क्षेत्रमा चौथो पटक टनेल बोरिङ मेसिन (टीबीएम) एक महिनादेखि मेसिन अवरुद्ध भएको हो । यसअघि पनि पहिलो पटक सात दिन, दोस्रो पटक नौं दिन र तेस्रो पटक २७ दिन टनेल बोरिङ मेसिन (टीबीएम) मेसिनमा पहिरो, हिलो लेदो तथा धूलो पाउडर खसेर टनेल निर्माण अवरुद्ध भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.