सिन्धुली । एक महिनादेखि सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने मेसिन पहिरोका काराण अवरुद्ध भएको छ । सुुरुङ गर्ने टनेल वोरिङ मेसिन टिविएम एक महिना यतादेखि सिन्धुलीमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अवरुद्ध भएको हो ।
यसपटक सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टीबीएम) लाई पहिरोले थिचेपछि एक महिनादेखि डाइभर्सनको सुरुङ निर्माण कार्य रोकिएको छ । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये १० दशमलव ५ किलोमिटर सुरुङ निर्माण भइसकेको अवस्थामा गिलो माटोको पहिरो आएर टिविएम जाममा परेको हो ।
जाममा परेको टनेल बोरिङ मेसिन (टीबीएम) डाइभर्ट गरेर अगाडि बढाउने र पहिरो हटाएर सञ्चालन गर्ने प्रयास भइरहेको सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाले जनाएको छ । लगातार टिविएम जाममा पर्दा आयोजना र सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ ठकेदार कम्पनी कोवेकलाई करोडौको नोक्सानी भइरहेको छ ।
गिलो पहिरो माटो झरेर सुनकोशी– ७ मझुवाको डाँडा गणेशस्थान निगुली क्षेत्रमा चौथो पटक टनेल बोरिङ मेसिन (टीबीएम) एक महिनादेखि मेसिन अवरुद्ध भएको हो । यसअघि पनि पहिलो पटक सात दिन, दोस्रो पटक नौं दिन र तेस्रो पटक २७ दिन टनेल बोरिङ मेसिन (टीबीएम) मेसिनमा पहिरो, हिलो लेदो तथा धूलो पाउडर खसेर टनेल निर्माण अवरुद्ध भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे गरेको छ । हुलाकी राजमार्गमा ४२.५ किलोमिटर सडक कालोपत्रे गरेको हो । सरकारले झण्डै २००...
काठमाडौँ । सबैभन्दा कम खर्च अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा भएको छ । कार्यक्रममा विनियोजित बजेटको जम्मा ८ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । विदेशी...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अझै सक्रिय रहेको बताउँनु भएको छ । बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७...