रविको बयान आज पनि, थुनछेक बहस कहिले ?

रविको बयान आज पनि, थुनछेक बहस कहिले ? image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी छ ।

जिल्ला अदालत काकस्कीमा बिहीबार दिउँसोबाट बयान सुरु भए पनि नसकिएपछि आज हुने भएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रतिवादी बनाइएका लामिछानेको बयान शुक्रबारसम्म चल्ने भएपछि थुनछेक बहस सोमबारबाट मात्रै सुरु हुने सम्भावना छ ।

अब रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराउन बाँकी छ।

यसअघि सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिए पनि अदालतमा पुनः बयान गराउनपर्छ। बयान सकिएपछि उनीहरुलाई थुनामा राख्ने कि थुनाबाहिर भनेर आदेश हुनेछ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda