जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध सरकार कठोर हुनेछः गृहमन्त्री

जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध सरकार कठोर हुनेछः गृहमन्त्री image

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रणमा निर्देशन दिएका हुन् । लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएको उनले बताए ।

जिल्लामा अबैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए । अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी लामिछानेले दिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.