भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

काठमाडौँ, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइ माग सम्बन्धी मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा पुगेको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा बैंक जमानतमार्फत रिहा गर्न माग गर्दै निवेदन दर्ता गरेका थिए । उनले बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ दाखिला गरिदिएको दाबी गरेका छन् ।

गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी भैरहवा कारागारमा रहेका छन् ।

लामिछानेको निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिएर रिहा गर्न र दफा ७१ अनुसार थुनामुक्त गर्न माग गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.