भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

रवि लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

रवि लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

बुटवल, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जिल्ला अदालत रुपन्देहीले जारी गरेको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार लामिछानेलाई पुर्पक्षका लागि कारागारमै राख्ने आदेश दिएको हो ।

लामिछाने बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका छन् । लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सुनिश्चितता आफूले नै गर्न चाहेको बताएका थिए । उनले आफ्नो भागको ठगी रकम बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित अदालतमा निवेदन दिएका थिए ।

यो निवेदनमा सुनुवाइका लागि १० नम्बर न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको थियो । तर, अदालतले जमानत स्वीकार नगरी उनलाई थुनामै राख्ने आदेश सुनाएको हो । यसअघि, बुटवलस्थित उच्च अदालत तुलसीपुरको इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले समेत सदर गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.