भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

काठमाडाैं, २६ साउन । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका–१ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे भएको दुर्घटनामा २७ वर्षीय सुनिल चनाराको ज्यान गएको हो । उनी भेरी नगरपालिका–१ डौँरीकाँडाका बासिन्दा हुन् ।

प्रहरीका अनुसार खलङ्गाबाट डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लब मुसिकोट–१३ को नाममा दर्ता भएको भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले बताए अनुसार राति १ बजे उकालो चढ्ने क्रममा एम्बुलेन्स भित्तामा ठोक्किएर करिब २०० मिटर तल खसेको थियो ।

स्थानीयवासीले बिहान घाँस काट्न जाने क्रममा दुर्घटनाबारे थाहा पाएर तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी गरिरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.