भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राख्न आदेश

खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राख्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरेको आरोपमा पक्राउ परेका सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राख्न आदेश दिएको छ ।

सार्वजनिक शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए । १० दिनभित्र अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।

रास्वपाले शनिबार पोखरामा आयोजना गरेको सभामा सभापति लामिछानेले बोल्दै गर्दा रविलाई रानाभाटले खोया प्रहार गरेका थिए । खोया प्रहार भएपछि उनलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.