भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जनता गणतन्त्रको पक्षमा छन्ः केपी ओली

जनता गणतन्त्रको पक्षमा छन्ः केपी ओली

काठमाडौं । एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म गरेको १९ दिने महाकाली मेची यात्राबाट ७ वटा निष्कर्ष निकालेको छ । संविधान र व्यवस्थाप्रति वितृष्णा बढिरहेको र कतिपयले राजावादीतर्फ आकर्षण बढेको भनेर चर्चा गरिरहेका बेला एमालेले संविधान र गणतन्त्रको पक्षमा रहेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी मुख्य कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको बताएका हुन । एमालेले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताभित्रको एकता नै नेपालको पहिचान भएको बताउँदै

यो एकतालाई अझ सुदृढ र मजबुत बनाउनुपर्ने बताएको छ । देशमा हिन्दुवादीहरुले हिन्दुराष्ट्रको माग अगाडि सारिरहेका बेला एमालेले बहुलतामा जोड दिएको हो ।
अभियानका क्रममा प्राप्त जनसमर्थनबाट आफूहरू उत्साहित रहेको एमालेको निष्कर्ष छ ।

 


Thali Mobile Pvt.Ltd.