भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री ज्वालाको राजीनामा माग गर्दै सुर्खेत र दैलेखमा चक्का जाम

गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री ज्वालाको राजीनामा माग गर्दै सुर्खेत र दैलेखमा चक्का जाम

दैलेख । ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आज सुर्खेत वीरेन्द्रनगर र दैलेखमा पुनः आन्दोलन चर्किएको छ ।

‘युवा विद्रोही’ समूहले दैलेख बजारबाट सुर्खेत तथा ग्रामिण भेगमा जाने सवारी साधन ठप्प पारेका छन । सुर्खेतमा पनि सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेका हुन । रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था तनावग्रस्त छ ।

कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् । दिउँसो १२ बजेदेखि आन्दोलन सुरु हुँदा यातायातका साधन पुर्ण रुपले ठप्प भएका छन् । आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.