भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पक्राउ पुर्जी जारी भएका बराल गाउँपालिका उपाध्यक्षको कुर्सीमै लसक्क

पक्राउ पुर्जी जारी भएका बराल गाउँपालिका उपाध्यक्षको कुर्सीमै लसक्क

सिन्धुली । तीन वटा सहकारी ठगी प्रकरणमा मुछिएका फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालमाथि पक्राउ पुर्जी जारी भएको छ । सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी भएको हो ।

तर सार्वजनिक कार्यक्रममै सक्रिय छन् । प्रहरीले कुनै कारबाही अघि बढाएको छैन । ठगीको फाइल प्रहरी वृत्त कालिमाटीबाट ल्याएर जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले अनुसन्धान अघि बढाउने क्रममा २४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सहकारी ठगी प्रकरणमा तीन चरणमा पक्राउ पुर्जी जारी भएको छ । पहिलो चरणमा प्रहरी वृत्त कालिमाटीकै अनुरोधमा सञ्चालक समितिका व्यक्तिहरुविरुद्ध २१ वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।

दोस्रो चरणमा फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालसहितका व्यक्तिविरुद्ध २ भदौमा पक्राउ पुर्जी जारी भयो । र अहिले तेस्रो चरणमा २ मंसिरमा रवि लामिछाने र छविलाल जोशीसहित गरी २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । पुर्जी जारी भएका मध्ये सुनिता नेवारलाई २० कात्तिकमा र कमल लामालाई २४ कात्तिकमा परिसरको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

तर पक्राउ पुर्जी जारी भएका उपाध्यक्ष बराल भने अहिले पनि सार्वजनिक कार्यक्रममा सक्रिय छन् । विभिन्न कार्यक्रममा सहभागी भएको तस्वीर उनी आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनीविरुद्ध प्रहरीले कारबाही अघि नबढाउनु रहस्यमय भएको स्थानीयहरुले बताएका छन् ।

एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित बराल जोडिएको स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी परेको ९ महिनापछि बल्ल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.