भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

किन जाँदैछन् राष्ट्रपति पौडेल अछामको वैद्यनाथ ?

किन जाँदैछन् राष्ट्रपति पौडेल अछामको वैद्यनाथ ?

काठमाडौं । एक सय ४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको उद्घाटन गर्न आज राष्ट्रपति रामचन्द्र पौडेलले अछाम जाने भएका छन् ।

अगामी २५ फागुनसम्म चल्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत वैद्यनाथ धाम पुग्ने मूल आयोजक सिमितिले जनाएको छ ।

बिहान ११ बजे कोटिहोमको विधिवत् रूपले उद्घाटन गर्नेछन् । अछामको वैद्यनाथ धाम नेपालका चार धाम मध्येको एक हो ।

यो पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।

बिहीबारदेखि कोटिहोम लाग्ने भएको हो । साफेबगर नगरपालिका १ मा रहेको वैद्यनाथ धाममा दर्शनार्थीले भरिन थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.