भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

पत्रकार खड्कालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

पत्रकार खड्कालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक अध्यक्ष एवं धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्का ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित भएका छन् । उनलाई महासंघको २७ औं महाधिवेशनका अवसरमा सम्मान गरेको हो ।

शुक्रवार राष्ट्रिय सभा गृहमा सम्पन्न महाधिवेशनमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार खड्कालाई सो सम्मान प्रदान गरेका हुन् । सूर्यविनायक ५ कटुन्जे निवासी खड्का ४ दशक देखि पत्रकारितामा छन् । २०४० सालबाट पत्रकारिता शुरु गरेका उनले नयाँ किरण साप्ताहिक, अलकापुरी दैनिक जस्ता दर्जन पत्रपत्रिकामा भूमिका निर्वाह गरेका छन् ।

प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउने खड्का भक्तपुरकै पहिलो पत्रकार बन्न पुगेका छन् । खड्का संगै वरिष्ठ पत्रकार गोपाल बुढाथोकी, महेश्वर दाहाल, बलराम थापा, ओम शर्मा, प्रभात चलाउने लगायत देशभरका ३ दर्जन पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले बताए ।महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको जानकारी दिए ।

सरकारले चालेको सुशासनका कार्यहरूबारे प्रधानमन्त्री प्रचण्डले निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास भएको जिकिर गरे । सो अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पूर्व मन्त्रीहरु मिनेन्द्र रिजाल र पार्वत गुरुङ, नेकपा समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा र रास्वपाका प्रवक्ता सन्तोष परियारले सम्बोधन गरेका थिए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र प्रेस युनियनका अध्यक्ष शिव लम्साल लगायतले शुभकामना प्रदान गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.