भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

आँखा स्वास्थ्यको भावी रूपरेखा निर्धारण गर्न काठमाडौंमा ‘२०३० इन्साइट लाइभ’ सम्मेलन सम्पन्न

आँखा स्वास्थ्यको भावी रूपरेखा निर्धारण गर्न काठमाडौंमा ‘२०३० इन्साइट लाइभ’ सम्मेलन सम्पन्न

काठमाडौं,  नेपालमा पहिलोपटक आँखा स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘२०३० इन्साइट लाइभ, नेपाल’ सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघको सहआयोजनामा र International Agency for the Prevention of Blindness (IAPB) को अगुवाइमा आयोजित यो सम्मेलन वैशाख १६ देखि १८ गते (April 29 – May 1, 2025) काठमाडौंमा आयोजित गरिएको हो।

तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा आँखा स्वास्थ्यको क्षेत्रमा कार्यरत विश्वभरका ११० देशका १६० संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रह्यो। सम्मेलनमा ५ सयभन्दा बढी विज्ञ, नीति निर्माता, चिकित्सक, अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले शुभकामना मन्तव्य दिंदै सम्मेलनले आँखा स्वास्थ्य सेवामा नीति, प्रविधि र अन्तर्राष्ट्रिय सहकार्यबीचको समन्वयलाई सुदृढ पार्ने विश्वास व्यक्त गरे। मन्त्री थापाले भने, “नेपालले आँखा स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिहरू अन्तर्राष्ट्रिय साझेदारीले अझ मजबुत हुनेछन्। नेत्रज्योति संघ जस्ता संस्थाहरूको निरन्तर सेवा उदाहरणीय छ।”

‘२०३० इन्साइट लाइभ’ सम्मेलनको मुख्य उद्देश्य सन् २०३० भित्र विश्वव्यापी दृष्टिविहीनता न्यूनीकरण, सबैका लागि गुणस्तरीय आँखा उपचार सुनिश्चितता, र आँखा स्वास्थ्य सेवा नीति निर्माणमा नवीन दृष्टिकोण प्रस्तुत गर्नु हो। सम्मेलनमा आँखा स्वास्थ्यमा प्रविधिको प्रयोग, सेवाको पहुँच विस्तार, अनुसन्धान र शिक्षा, तथा स्वास्थ्य अधिकारको विषयमा विभिन्न सत्रहरू सञ्चालन गरिए।

नेपाल नेत्रज्योति संघका प्रतिनिधिहरूले सम्मेलनमा नेपालको सफल दृष्टि कार्यक्रम, ग्रामीण क्षेत्रमा गरिएको पहुँच विस्तार, मोबाइल आँखा शिविर, र सामुदायिक सहभागिताका अनुभव प्रस्तुत गरे। साथै, नवप्रवर्तन र सहकार्यका सम्भाव्यतामाथि गहिरो छलफल गरिएको थियो।

IAPB का तर्फबाट सम्मेलन संयोजकहरूले नेपाललाई सफल आयोजनाका लागि धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ घनिष्ठ अन्तर्राष्ट्रिय सहकार्यको आश्वासन दिएका छन्। सम्मेलनको समापन सत्रमा सहभागीहरूले आँखा स्वास्थ्यलाई ‘मानव अधिकारको अभिन्न हिस्सा’ को रूपमा मान्यता दिँदै विश्वस्तरीय दृष्टिकोण बनाउने संकल्प व्यक्त गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.