भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

मुख्य बुँदा 

राप्ती र नारायणी नदीमा घडियाल गोहीको सङ्ख्यामा वृद्धि

यस वर्ष जम्मा ३६६ घडियाल फेला, अघिल्लो वर्ष ३५२

नौ भाले घडियालको उपस्थिति (राप्ती ७, नारायणी २)

नारायणी नदीमा दुर्लभ डल्फिन पनि फेला परेको

प्रजनन केन्द्रबाट कृत्रिम रूपमा बच्चा नदीमा छाडिनाले अस्तित्व जोगियो

निकुञ्जले नदी प्रणाली सुरक्षित राख्दै संरक्षण अभियान अगाडि बढाउने

चितवन, ५ पुष। चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको पछिल्लो गणनामा घडियाल गोहीको सङ्ख्यामा वृद्धि भएको पाइएको छ।

निकुञ्ज कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष दुवै नदीमा गरी जम्मा ३६६ वटा घडियाल फेला परेका छन्।

अघिल्लो वर्ष यी नदीहरूमा ३५२ वटा घडियाल गोही फेला परेका थिए। निकुञ्जले मङ्सिर २१ देखि २९ गतेसम्म गरेको प्रत्यक्ष अनुगमनका क्रममा राप्ती नदीमा २३१ र नारायणी नदीमा १३५ वटा गोही फेला परेका हुन्।

यस वर्षको गणनाको रोचक पक्ष भनेको भाले घडियालको उपस्थिति र दुर्लभ डल्फिनको दर्शन हो। गणनाका क्रममा राप्तीमा सात र नारायणीमा दुई गरी जम्मा नौ वटा भाले घडियाल फेला परेका छन्।

अतिसङ्कटापन्न अवस्थामा रहेका यी गोहीहरूको संरक्षणका लागि निकुञ्जले चलाएको अभियान र समुदायमा बढेको चेतनाका कारण सङ्ख्या बढेको अनुमान गरिएको छ।

यस्तै, नारायणी नदीको गोलाघाट क्षेत्रमा गणनाकै क्रममा एउटा डल्फिन (साँस) समेत फेला परेको छ, जसलाई निकुञ्ज प्रशासनले जैविक विविधताको दृष्टिले सकारात्मक सङ्केत मानेको छ।

निकुञ्जका अनुसार राप्ती नदीमा गोहीको सङ्ख्या बढे पनि नारायणीमा भने गत वर्षको तुलनामा केही कमी आएको देखिएको छ।

सन् १९७८ देखि कसरामा स्थापित घडियाल प्रजनन केन्द्रबाट हरेक वर्ष कृत्रिम रूपमा बच्चा हुर्काएर नदीमा छाड्ने गरिएकाले पनि यिनको अस्तित्व जोगिन मद्दत पुगेको छ।

आगामी दिनमा घडियाल र तिनको बासस्थान संरक्षणका लागि नदी प्रणालीलाई अझ सुरक्षित बनाउँदै लैजाने निकुञ्जको योजना रहेको छ। रासस

 


Thali Mobile Pvt.Ltd.