भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

मुस्ताङमा नेपाल र चीनको संयुक्त सुरक्षा गस्ती

मुस्ताङमा नेपाल र चीनको संयुक्त सुरक्षा गस्ती

मुख्य बुँदा 

मुस्ताङमा नेपाल–चीन संयुक्त सीमा सुरक्षा गस्ती

हिउँदयाममा निगरानी बढाउन नियमित गस्ती सुरु

डोल्पा २१–२४ नं, मनाङ २५–३३ नं सीमास्तम्भमा टोली खटाइएको

अवैध क्रियाकलाप रोकथाम र सीमा शान्तिसुरक्षा सुनिश्चित गर्न प्रयास

अन्नपूर्ण संरक्षण क्षेत्र र बीओपी टोलीसँगै पूर्व गस्ती अनुभव

मुस्ताङ, ५ पुस । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ ।

हिउँदयामको माइनस डिग्री तापक्रमको परवाह नगरी सीमा क्षेत्रमा कार्यरत (नेपाल–चीन) संयुक्त सुरक्षा अधिकारीले कोरला सीमा क्षेत्रको निगरानी बढाउन गस्ती नियमित गस्ती थालेका हुन् ।

यहाँ स्थित (नेपाल–चीन) कोरला सीमा क्षेत्रअन्तर्गत डोल्पातर्फ पर्ने २१, २२, २३ र २४ नं सीमा स्तम्भ क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।

उनका अनुसार हिउँदयामका समयमा सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण, अवैध चोरी निकासी, अवैध चोरीसिकारी, सीमा क्षेत्रको शान्तिसुरक्षा र सीमाक्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले (नेपाल–चीन) संयुक्त निगरानी गस्ती गरिएको र यो हिउँदयामभरी नियमित रहने जनाइएको छ ।

कोरलास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) र कोरलास्थित चिनियाँ सुरक्षा अधिकारीको संयुक्त टोलीले यहाँको नेपाल–चीन चार वटा सीमास्तम्भको संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) नेचुङका इञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक अरुण भण्डारीले उल्लेख गरे ।

कोरला सीमा क्षेत्रको शान्तिसुरक्षा र निगरानी बढाउन बिओपी इञ्चार्ज भण्डारीको कमाण्डमा १० जना र चीनतर्फ क्याप्टेन गेसाङ डुन्ड्रबको कमाण्डमा पाँच गरी १५ जनाको संयुक्त सुरक्षा टोली खटिएको बिओपी नेचुङले जनाएको छ ।

हिउँदयामको मौसममा नेपाल–चीनतर्फ पर्ने सबै सीमास्तम्भको नियमित संयुक्त सुरक्षा गस्ती गरिने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

हिउँदयामको मौसममा कोरला नाका तथा अन्य सीमास्तम्भमा कोही नभएको मौका छोपी लुकीछिपी अवैध क्रियाकलाप हुनसक्ने अवस्था रहेकाले निगरानीका लागि सीमा गस्ती गर्नुपरेको जनाइएको छ ।

कोरलास्थित मुस्ताङ र चीनतर्फ सीमा जोडिएका सीमास्तम्भमा पुगेर नेपाल–चीनका संयुक्त सुरक्षा अधिकारीले नियमित गस्ती गरेका छन् । यहाँ चीनसँग सीमाना जोडिएका डोल्पातर्फ १८ देखि २३ र मनाङतर्फ २५ देखि ३३ नं सीमा स्तम्भ पर्दछन् । नेपाल–चीन २४ नं सीमा क्षेत्र ट्रान्जिट प्वाइन्ट एवं दशगजा क्षेत्र हो ।

यसअघि गत आइतबार अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) र छोसेर प्रहरी चौकीका सुरक्षाकर्मीले सेताम्मे हिउँमा २५ देखि २८ नं सम्मको सीमास्तम्भमा पुगेर संयुक्त सुरक्षा गस्ती गरेका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.